महोत्तरी। उज्यालो नेपाल पार्टीका उम्मेदवार रहेका मनोजकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्।
सोमबार महोत्तरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार रहेका गुप्ता एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्दै गुप्ताले पार्टीका उम्मेदवार लक्ष्मी महतो कोइरी लाई समर्थन गर्ने निर्णय लिएका छन् ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव सहित अन्य नेताहरुले गुप्तालाई पार्टीमा स्वागत गरे ।
एमाले प्रवेश कार्यक्रममा बोल्दै गुप्ताले वर्तमान राजनीतिक अस्थिरता अन्त्य गर्दै स्थिरता, सुशासन र समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए ।