Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानको पार्टीको नाम उज्यालो नेपाल नै रहने, चुनाव चिन्ह चिम

कुलमानको पार्टीको नाम उज्यालो नेपाल नै रहने, चुनाव चिन्ह चिम

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं। अन्तरिम सरकारको तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

स्रोतकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने छ । सम्भव भएसम्म आजै नभए भोलि दर्तामा जाने तयारी रहेको छ ।

केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको भनिएको छ ।

स्रोतले भन्यो- 'बेलुकासम्म पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा सहमति जुटाउनको लागि छलफल भयो । सबै विषयमा सहमति भएको छैन । पार्टी दर्ता गर्न जानुअघि छलफल गरी आयोग जाने तयारी छ ।'

स्रोतका अनुसार उक्त पार्टीमा कुलमानसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ ,सागर ढकाल समेत जोडिने बताइएको छ ।

उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077