Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'उज्यालो नेपाल' पार्टीको अध्यक्ष बने उपाध्याय, को-को हुन् ५१ पदाधिकारी ? [सूचीसहित]

'उज्यालो नेपाल' पार्टीको अध्यक्ष बने उपाध्याय, को-को हुन् ५१ पदाधिकारी ? [सूचीसहित]

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’को केन्द्रीय समितिको विवरण अद्यावधिक गरिएको छ ।

पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो । ५१ जनाको नामावलीसहितको विवरण निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता गरिएको छ । पार्टीको चुनाव चिन्ह ‘बलिरहेको बिजुलीको चिम’ प्रस्तावित गरिएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ नै यो पार्टीको संस्थापक मानिए पनि उनी अहिले मन्त्रिपदमा रहेका कारण औपचारिक रूपमा कार्यकारी भूमिकामा छैनन्। स्रोतका अनुसार उनले मन्त्री पदबाट अवकाश लिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षता सम्हाल्ने तयारी गरेका छन् ।

पार्टीको प्रारम्भिक समितिमा विभिन्न क्षेत्रका प्राविधिक, समाजसेवी, कलाकार र युवापुस्ताका प्रतिनिधिहरू समावेश छन्। सोही क्रममा अभिनेत्री रिमा विश्वकर्मा र समाजसेवी निर्देश सिलवाल पनि केन्द्रीय सदस्यमा रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077