Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इटालीलाई हराउँदै इंग्ल्यान्ड ‘सुपर–८’ मा

इटालीलाई हराउँदै इंग्ल्यान्ड ‘सुपर–८’ मा

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । इंग्ल्यान्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ ।  

भारतको कोलकात्तामा सोमबार भएको खेलमा इटलीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर ८ मा स्थान बनाएको हो ।

कोलकात्ताको इडन गार्डेन रंगशालामा इंग्ल्यान्डले दिएको २०३ रनको उच्च लक्ष्य पछ्याएको इटलीले निर्धारित ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

बेन मानेन्टीले २५ बलमा ६० र ग्रान्ट स्टेवार्टले २३ बलमा ४५ रन बनाए । जस्टिन मोस्काले ३४ बलमा ४३ रन बनाए ।  

इटलीलाई कम योगफलमा समेट्न साम कुराम र जेमी ओभरटनले समान तीन तथा जोफ्रा आर्चरले २ विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०२ रनको योगफल बनाएको थियो । उसका लागि विल ज्याक्सले २२ बलमा नटआउट ५३ रन बनाए । टोम बान्टनले ३० र फिल सल्टले २८ रन बनाए ।  

इटलीका लागि ग्रान्ट स्टेवार्ट र क्रिसन कालुगामागेले समान २ विकेट लिए । तीन खेलमा जित र एकमा हार भोगेको इंग्ल्यान्डको ६ अंक भएको छ । इंग्ल्यान्डसँगै समूह सीबाट वेस्ट इन्डिजले समान ६ अंकसहित यसअघि नै सुपर ८ मा स्थान बनाइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077