Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा

मंगलवार , फाल्गुण ५, २०८२

एजेन्सी । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भने, “आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । अब आउने निर्वाचित सरकारले लोकतन्त्रको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सुरु भएको मौलिक अधिकारलाई रोक्ने छैन ।” 

विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेको र उनी हेलिकोप्टरबाट भागेको केही दिनपछि युनुस सन् २०२४ अगस्टमा स्वघोषित निर्वासनबाट फर्किएका थिए ।  
 
त्यसयता बंगलादेशको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्दै आएका उनले गत साता भएको निर्वाचनमा ‘ठूलो विजय’ हासिल गरेकामा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका नेता तारिक रहमानलाई बधाई दिए । रहमानले अबको सरकारको नेतृत्व गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077