Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपालले टस जित्यो, स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय

नेपालले टस जित्यो, स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरण अन्तर्गत अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

आजको खेलका लागि नेपालले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। करण केसीको स्थानमा सन्दीप जोरा टिममा समेटिएका छन्। जोरा आजको खेलमार्फत पहिलो पटक विश्वकपमा डेब्यु गर्न लागेका हुन्।

नेपालले समूह चरणमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन। पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भयो। त्यसपछि तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077