Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नामिबियालाई हराउँदै पाकिस्तान विश्वकपको ‘सुपर–८’ मा प्रवेश

नामिबियालाई हराउँदै पाकिस्तान विश्वकपको ‘सुपर–८’ मा प्रवेश

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ मा पुगेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो ।

पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले १७ ओभर ३ बलमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नामिबियाका लोरेन स्टीनक्याम्पले सबैभन्दा धेरै २३ रन बनाए । पाकिस्तानका उसमान तारिकले ४, शदाब खानले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । पाकिस्तानका साहिबजादा फरहानले शतक बनाए । फरहानले ५८ बलमा नटआउट १०० रन जोडे । नामिबियाका ज्याक ब्रासेलले २ विकेट लिए ।

फरहान प्रतियोगितामा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि क्यानडाका युवराज सम्रा र श्रीलङ्काका पथुम निसान्काले शतक बनाएका थिए । योसँगै ‘सुपर–एट’ समीकरण पूरा भएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077