Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हराएका ५२ वटा दुई पांग्रे सवारी साधन धनीलाई हस्तान्तरण

हराएका ५२ वटा दुई पांग्रे सवारी साधन धनीलाई हस्तान्तरण

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूबाट हराएका सवारीसाधन फेला पारे‍र धनीलाई हस्तान्तरण गरेको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले बिहीबार एक कार्यक्रम गर्दै धनीलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका तथा चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ५३१ जनाले चोरी भएको भन्दै ट्राफिक प्रहरीमा निवेदन दिएका थिए।  

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा ५२ वटा दुई पांग्रे सावरी साधन फेला पारि स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ। 

यस्तै ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ३३९ थान स्कुटर,मोटरसाइकल फेला पारी धनीलाई बुझाएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077