Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपहरित बालिकाको सकुशल उद्धार, एकजना पक्राउ

अपहरित बालिकाको सकुशल उद्धार, एकजना पक्राउ

शुक्रवार , फाल्गुण ८, २०८२

सप्तरी । मंगलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । खड्क नगरपालिका–८ बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अपहरण गरी फिरौती माग्ने खड्क–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

निजलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी रु एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी–१ स्थित खाँडो खोलामा बोलाएका थिए।

यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएकोछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077