Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने पर्सा प्रहरीको तयारी

मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने पर्सा प्रहरीको तयारी

शनिवार , फाल्गुण ९, २०८२

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले  प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सीसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिए । 

कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सीसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ ।

बस्नेतका अनुसार सीसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077