Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रौतहटमा दुई समुदायबीच झडप, दर्जनौँ सवारी साधनमा आगजनी

रौतहटमा दुई समुदायबीच झडप, दर्जनौँ सवारी साधनमा आगजनी

'कर्फ्यु आदेश जारी'

शनिवार , फाल्गुण ९, २०८२

रौतहट । जिल्लाको गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायसँग विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको छ ।

घटनाको सुरुवात बिहीबार राति भएको थियो । हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा बजाउन नहुने भन्दै अवरोध गरेपछि झगडा सुरु भएको थियो ।

बिहीबार राति देखिको सामान्य विवाद बढ्दै जाँदा शुक्रबार बिहान दुवै समुदायबीच ढुंगामुढा सुरु भएपछि स्थिति झन् बिग्रियो । यस क्रममा केही व्यक्तिहरूबीच झडप हुँदा डिजे समूहका सदस्यहरूलाई कुटपिट र ढुंगामुढा समेत भएको थियो । 

झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । यस क्रममा ६ जना सर्वसाधारण घाइते भएका छन् भने प्रहरीका दुई जना पनि घाइते भएका छन् ।

घटनापछि आजबिहानदेखि दुवै पक्षबीच पुनः झडप सुरु भएपछि अवस्था थप तनावपूर्ण बनेको स्थानीय प्रशासनले जनाएको छ। 

प्रदर्शनकारीहरूले भारतीय नम्बर प्लेटको एक गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेका रौतहटका डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् । 

अहिले स्थिति नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077