Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झण्डा नजलाऔँ, लोकतन्त्रको सम्मान गरौँ : हर्क साम्पाङ

झण्डा नजलाऔँ, लोकतन्त्रको सम्मान गरौँ : हर्क साम्पाङ

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक दलहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले निर्वाचनको वातावरण बिथोलिने खालका गतिविधि नगर्न सबै पक्षलाई सचेत गराएका हुन्। पछिल्लो समय विभिन्न स्थानमा दलहरूबीच झण्डा जलाउने, अमर्यादित व्यवहार गर्ने तथा उत्तेजना फैलाउने गतिविधि बढ्दै गएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

‘कसैले कसैको झण्डा जलाउने नगरौं १ स्वस्थ प्रतिस्पर्धा गरौं,’ उनले लेखेका छन्, ‘जनताको शासन, जनशासन अर्थात् लोकतन्त्रको सम्मान गरौं १’

साम्पाङले निर्धारित समयमै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिँदै चुनाव सार्ने वा रोकिने खालका कुनै पनि अवाञ्छित कृत्य कसैबाट हुन नहुने स्पष्ट पारे। ‘चुनाव सार्ने या सारिनु पर्ने खाले कृत्य कसैबाट नहोस् १’ उनले चेतावनी दिँदै भने।

उनका अनुसार लोकतन्त्रको सार जनताको मताधिकारमा निहित छ। जनताले आफ्नो प्रतिनिधि छान्ने अधिकारको पूर्ण सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले उत्तेजना र प्रतिशोधभन्दा पनि आफ्ना एजेन्डा, नीति र विचारका आधारमा जनताको मन जित्नुपर्ने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077