काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेलेमा घरेलु टोली श्रीलङ्का र इङ्ग्ल्यान्ड खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म १७ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड १३ र श्रीलङ्का ४ खेलमा विजयी भएको छ ।
यस्तै टी–२० विश्वकपमा यी दुई टोलबीच ६ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड ५ र श्रीलङ्का १ खेलमा विजयी भएको छ ।
यस्तै दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म ३१ पटक भेट भएकोमा भारत १८ र दक्षिण अफ्रिका १२ खेलमा विजयी हुँदा १ खेल नतिजाविहीन भएको छ ।
यस्तै टी–२० विश्वकपमा यी दुई टोलबीच ७ पटक भेट भएकोमा भारत ५ र दक्षिण अफ्रिका २ खेलमा विजयी भएको छ ।