Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । 

फागुन १५ गतेभित्र आएका निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ । 

सरकारले जेनजी प्रदर्शनका क्रममा अति गम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक  नौ हजार, गम्भीर घाइतेलाई मासिक  नौ हजार र मध्यम घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077