Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

धादिङ बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै गर्दै उनीहरूका परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

ओलीले लेखेका छन्, ‘पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।'

साथै उनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

पोखराबाट काठमाडौँ आउँदै गरेको बस गएराती धादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा यात्रु घाइते भएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077