Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटना : गगन थापाद्धारा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना

धादिङ बस दुर्घटना : गगन थापाद्धारा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले धादिङमा मध्यराति भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले उक्त घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका हुन् ।

थापाले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077