Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धादिङ बस दुर्घटना : २८ घाइतेको पहिचान खुल्यो, ३७ जना थिए बसमा सवार

धादिङ बस दुर्घटना : २८ घाइतेको पहिचान खुल्यो, ३७ जना थिए बसमा सवार

सोमवार , फाल्गुण ११, २०८२

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको दाबी गरिएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अनुसार पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको थिए । 

‘पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन’, समितिका अध्यक्ष ऐनबहादुर साईले भने ।

बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ।

केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ। प्रहरीले अहिलेसम्म मृतकहरुको परिचय खुलाएको छैन। घाइते २८ जनाको नामावली भने प्रहरीले सार्वजनिक गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077