Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

सोमवार , फाल्गुण ११, २०८२

धादिङ। धादिङमा यात्रुबाहक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा गरि कुल १९ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । उनिहरुको पहिचान खुलेको छैन्।

हिजो राति पोखराबाट काठमाडौं आउँदै गरेको  ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो । 

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी बल नेपालको टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेत उद्धारका खटिएका थिए । 

सो बसमा चालक र दुई जना बसका कर्मचारीसहित ३७ जना थिए । तर बाटोमा थप यात्रु चढाइएको जनाइएको छ ।

सशस्त्र प्रहरीले सो बसमा कुल ४५ जना यात्रारत रहेको जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ। 

केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ। कलंकीस्थित नेशनल अस्पतालमा १० जना र ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077