Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

सोमवार , फाल्गुण ११, २०८२

उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।

सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो । 

ब्रेक फेल भएर दुर्घटनामा परेको उक्त बसमा सवार १२ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर छ । 

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरको क्यूआरटी टोली घटनास्थल पुगेको थियो। 

सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077