Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेरि दाङमा अर्को बस दुर्घटना, नौ जना घाइते

फेरि दाङमा अर्को बस दुर्घटना, नौ जना घाइते

सोमवार , फाल्गुण ११, २०८२

दाङ । दाङको लमहीबाट घोराही जाँदै गरेको बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। 

कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०स्४० बजे घोराही उपमहानगरपालिका-३ स्थित चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेमा ३ महिला र ६ पुरुष रहेका भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइतेमध्ये सात जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

त्यस्तै, दुई जना घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

बस दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँ बस्ने  ३५ वर्षीय चालक केशरबहादुर  पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि उदयको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं।को बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

यस्तै हिजो राति पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । 

दुर्घटनामा कुल १९ जनाको मृत्यु भएको छ भने २४ जना घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077