Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल

धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार दिउँसो अस्पताल पुगेका छन्।

उनले कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटवार्ता गर्नुका साथै गरेका आवश्यक स्वास्थ्य सेवाका विषयमा जानकारी लिएका हुन् ।

हिजोराति धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, भैंसिगौडास्थित त्रिशूली नदीमा करिब १ बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी अहिले कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077