Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय (सूचीसहित)

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू सार्वजनिक गरिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । 

उक्त बैठकका निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका गृह मंत्री ओमप्रकाश अर्यालअर्यालले जानकारी गराएका हुन् ।

जसअनुसार सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ ।

साथै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।

सूची

१. प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय ।

२. चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।

३. काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने।

४. बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने ।

५. विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।

६. प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फाल्गुन २० गतेदेखि २२ गतेसम्म तिन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।

७.जेनजी परिषद गठन गर्ने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077