Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चुनावी सुरक्षामा कुनै चुनौती नरहेको सुरक्षा समितिको निष्कर्ष, निर्भयपूर्वक मतदान गर्न आग्रह

चुनावी सुरक्षामा कुनै चुनौती नरहेको सुरक्षा समितिको निष्कर्ष, निर्भयपूर्वक मतदान गर्न आग्रह

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ । 

मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक जना अधिकृतका अनुसार मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेबारे पनि छलफल भएको छ ।

यसैगरी फागुन १९ मा परेको तराई को होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाबारे पनि छलफल भएको छ । उक्त मेलामा भारतको सितमढीबाट हिँडेर हजारौँ मानिस जनकपुरको जानकी मन्दिरमा आउने र फागुन १८ गते फिर्ता हुने गर्दछन् । सो परम्परा र होलीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ ।

हिमाली जिल्लाहरुमा पनि हिँउ परिरहेको र त्यसबाट निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई लेक लाग्ने चुनौतीबारे छलफल भएको छ । 

साथै बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । 

त्यसैले राजनीतिक दलहरूले आफ्नो शान्तिपूर्ण रुपमा गतिविधि गर्न र मतदाताले निर्भयपूर्वक आफ्नो मतदान गर्नका लागि अनुकूल वातावरण रहेको आयोगको भनाइ छ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारे ब्रिफिङ गरेका थिए ।

बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077