Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ।
  
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारबाट अर्को दल वा उम्मेदवारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो ।

विभिन्न सञ्चार माध्यमबाट समेत यस्ता गतिविधिबारे जानकारी आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(१)(ङ) अनुसार कुनै दल, उम्मेदवार वा भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला बिथोल्न वा अवरोध गर्न नपाइने व्यवस्था छ। त्यस्तै निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३को दफा २० अनुसार निर्वाचन प्रक्रियामा बाधा पुर्‍याएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

आयोगले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, आमनागरिक तथा सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077