Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

बुधवार , फाल्गुण १३, २०८२

काठमार्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
                                                          
युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
                              
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा तोकिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३५ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८०  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077