Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देवराज चालिसे भन्छन्- ठगीका नाइकेहरू सुशासन र स्वच्छ राजनीतिको भाषण दिँदैछन्

देवराज चालिसे भन्छन्- ठगीका नाइकेहरू सुशासन र स्वच्छ राजनीतिको भाषण दिँदैछन्

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले ठगीका ठुला आरोपी नेताहरूले आफ्नो वास्तविक स्वार्थ र चरित्र लुकाएर जनतालाई आकर्षित गर्ने प्रवृत्ति बढेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

चालिसेले भ्रष्टाचार र ठगीका नाइकेहरूले सुशासन र स्वच्छ राजनीति बारे भाषण दिन थालेको बताए ।

'छर्लङ्गै देखिएका ठगि र भ्रष्टाचारका अभियोगहरूको ठूलो पोको बोकेर पनि उनीहरू सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थाल्छन्। यो त दिउँसै रात पार्न खोज्नु जस्तै हो,' उनले लेखेका छन् ।

चालिसेले राजनीतिक दल र नेताहरूले जनतासामु आफ्नो वास्तविक स्वार्थ, उद्देश्य, चरित्र र गतिविधि लुकाएर आकर्षक र राम्रो अनुहार देखाउने चतुर रणनीति अपनाएको बताएका छन्।

'जङ्गलमा हरियो पोशाक लगाएर शत्रुको दृष्टिबाट पूरै लुक्ने। त्यसैगरी राजनीतिमा पनि आफ्नो असली मुहार लुकाएर अर्कै रङ पोत्ने गरिन्छ।
नेपालको पछिल्लो राजनीतिक दृश्यमा नयॅा भनिएका केही पार्टी र तिनका नेताहरू यस कलामा अत्यन्त निपुण र पोख्त देखिन्छन्,' उनले लेखेका छन्। 

जनतालाई बारम्बार झूटो आश्वासन दिँदै, सत्यलाई लुकाएर राखिँदा सत्यको खोजी गर्न जनतालाई झन् गाह्रो हुने उनको तर्क छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077