Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पब्लिकमा अब ‘नो मोर शेरबहादुर’ भन्ने सन्देश दिनुपर्छ : देवराज चालिसे

पब्लिकमा अब ‘नो मोर शेरबहादुर’ भन्ने सन्देश दिनुपर्छ : देवराज चालिसे

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । सभापति शेरबहादुर देउवा पक्षका प्रतिनिधिहरुको असहमतिबिना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाको अगुवाइमा आजबाट काठमाडौंको भृकुटीमण्डमा विशेष महाधिवेशन शुरु भइसकेको छ ।

पार्टीको भविष्य, नेतृत्व र नीतिमा निर्णायक बहस हुने मानिएको यस महाधिवेशन कै कारण कांग्रेस विभाजनतर्फ जाने हो कि भन्ने प्रश्न पनि खाँचो भएको छ ।

तर विशेष महाधिवेशन पक्षधर नेताहरू भने यसलाई विभाजन होइन, सुधारको प्रक्रिया भन्दै आएका छन् ।

विशेष महाधिवेशनका लागि फ्रन्टलाइनमा बसेर नेतृत्व गरिरहेका कांग्रेस नेता देवराज चालिसे भन्छनन्–‘पार्टीमा व्यवस्था गरिएको विधानको कार्यान्वयन गर्ने क्रममा विभाजन हुन्न । यदि त्यो सम्भावना हुने हो भने त पार्टीको विधानमा त्यो दफा नै राख्न हुँदैनथ्यो नि।’

एक अनलाइनसँगको अन्तर्वार्ताका क्रममा उनले ६० प्रतिशतभन्दा माथि प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा देखिएको दावी गरेका छन् । महाधिवेशनले सभापति फेर्नुपर्छ भन्ने प्रस्ताव गर्न सक्ने उनको भनाई छ ।

उनले भनेका छन्–‘अहिले कस्तो छ भने वैधानिक रूपमा, राजनीतिक रूपमा विवाद र बहस भन्दा बढी इगोमा गएको छ। कांग्रेस सुध्रिएला, सुध्रिनु पर्छ भन्ने हाम्रो मान्यता हो । यसलाई कुनै व्यक्तिको राजनीतिक जीवनसँग पार्टीको जीवन जोड्न हुँदैनथ्यो । जोडिराखेका छन् साथीहरूले, दुर्भाग्यको कुरा हो यो । अब उहाँहरूको यो बीचमा के डेभलपमेन्ट हुन्छ, त्यो डेभलपमेन्टले पनि नयाँ परिस्थिति निर्माण गर्न सक्छ । भएन भने अधिवेशन अगाडि बढ्यो, त्यो पछाडि हट्दैन । निर्णयमा पुग्छ।’

पार्टीको विधान नै परिवर्तन गरेर एउटै व्यक्ति दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था राख्ना लागिएको पनि उनले बताएका छन् । उनले भनेका छन्–‘अब प्रधानमन्त्रीको रूपमा फ्रेस मान्छे आउने, दुईचोटी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था विधानमा हामी राख्छौँ । अब देउवाजी चुनाव नलडिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।

अब डडेलधुरा लड्ने कुरा नगरे हुन्थ्यो । नेतृत्वसँग जोडिएका केही मध्यमार्गी बाटाहरू पनि छन् । जसले गर्दा पब्लिकमा अब ‘नो मोर शेरबहादुर’ भन्ने सन्देश दिनुपर्छ । उहाँको मर्यादा सुरक्षित रहने उपाय हामी खोज्दैछौँ ।’

यसैबीच, कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति भने नियमित महाधिवेशनकै पक्षमा रहेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको पक्षमा रहेको जानकारी दिएका हुन् ।

नियमित महाधिवेशन पक्षधर प्रदेश र जिल्ला सभापतिहरुले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा उनीहरुले अहिले पार्टी बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘१५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्मको कार्यतालिका २०८२ पौष १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपयुक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टीका एकताको प्रयास गरी वार्ता र सङ्कटमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुन आवश्यक छ ।’

त्यस्तै केही जिल्ला सभापतिहरु भने अहिले तटस्थ बसेका छन् । तटस्थ बस्नेमा तनहुँका जितप्रकाश आले, लमजुङका डा. टकराज गुरुङ, सुनसरीका केदार भण्डारी, मुस्ताङका रोमी गौचन र सोलुखुम्बु जिल्ला सभापति रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077