Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देवराज चालिसेको प्रश्न- संविधानमा प्रधानमन्त्री ‘निर्णायक राजा’ नभई ‘उत्तरदायी संयोजक’, तर यहाँ के हुदैछ ?

देवराज चालिसेको प्रश्न- संविधानमा प्रधानमन्त्री ‘निर्णायक राजा’ नभई ‘उत्तरदायी संयोजक’, तर यहाँ के हुदैछ ?

दुई सदस्यले मात्र संवैधानिक नियुक्ति गर्न सक्ने सभामुख र प्रधानन्यायाधीशलाई परिषदमा राख्नुको औचित्य के रहन्छ ?

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संवैधानिक परिषद् अध्यादेश २०८३ ल्याएर सरकारले संविधानको शक्ति सन्तुलनको मूल दर्शनमाथि नै गम्भीर प्रहार गरेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले उक्त अध्यादेश सामान्य प्राविधिक संशोधन नभई संविधानको आधारभूत मर्ममाथि नै चोट पुर्‍याउने प्रकृतिको रहेको बताएका हुन् ।

'सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश कुनै साधारण प्राविधिक संशोधन होइन । यसले संविधानको शक्ति सन्तुलनको मूल दर्शनमाथि नै गम्भीर प्रहार गरेको छ । लोकतन्त्रमा संविधानभन्दा माथि कोही हुँदैन । संविधानले प्रधानमन्त्रीलाई निर्णायक राजा होइन, उत्तरदायी संयोजक बनाएको हो । तर यहॅा के हुदैछ ?,' प्रवक्ता चालिसेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

चालिसेका अनुसार लोकतान्त्रिक व्यवस्थामा संविधान सर्वोच्च हुने र प्रधानमन्त्रीलाई ‘निर्णायक राजा’ नभई ‘उत्तरदायी संयोजक’ का रूपमा परिकल्पना गरिएको हुन्छ । तर पछिल्लो अध्यादेशले त्यस विपरीत अभ्यासतर्फ संकेत गरेको उनको भनाइ छ ।

उनले संवैधानिक परिषद्मा प्रधानमन्त्री र आफ्ना दुई अनुकूल सदस्यले मात्र संवैधानिक नियुक्ति गर्न सक्ने अवस्था सिर्जना गरेर विपक्षी दलको नेता, सभामुख र प्रधानन्यायाधीशलाई परिषदमा राख्नुको औचित्य के रहन्छ भन्दै प्रश्न पनि गरेका छन् । 

'दुई अनुकूल सदस्यले मात्र संवैधानिक नियुक्ति गर्ने भए विपक्षी दलको नेता, सभामुख र प्रधानन्यायाधीशलाई परिषदमा राख्नुको औचित्य के रहन्छ रुउनीहरूको सहभागिता सन्तुलनका लागि हो वा केवल औपचारिक सजावटका लागि ?' चालिसेले थप लेखेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077