Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिड्नीमा होली धमाका हुँदै

सिड्नीमा होली धमाका हुँदै

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा होली धमाका आयोजना हुने भएको छ ।

२८ फेब्रुअरीमा ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रंगको चाँड होली मनाउन आउनेले इण्डोनेसियाको बाली जान २ वटा टिकट पाउने छन् । होलीको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सिड्नी होली धमाकामा करन भट्ट , डिजे नटकेस ,मुक्ति एण्ड रिवायलका ड्रमर निखिल तुलाधर लगायत स्थानीय कलाकारले प्रस्तुतिहरू दिने छन् । 

रगंहरूको पर्वलाई अझै उत्सवमय बनाउन होली धमाका आयोजना गरिएको उनको भनाइ छ ।  प्रवासी जीवनको ब्यस्तता र समयको अभावका कारण पनि प्रवासी नेपालीहरू रंगको पर्व मनाउनलाई होली धमाका आयोजना गरिएको उनले बताए। 

नेपालीले प्रवासमा रहेर चाडबाड मनाउन पाउन भनेर यस होली धमाकाको आयोजना गरिएको श्रेष्ठले बताए ।

नेपालीहरूले प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई नभुलुन भनेर यस्ता पर्वलाई निरन्तरता दिनु परेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077