काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
बुधबार राजदूत चाङले मन्त्री शर्माको कार्यकक्षमै पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल(चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै बुधबार नै मन्त्री शर्मासँग नेपालका लागि माल्दिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाको पनि शिष्टाचार भेट भएको छ।
त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
मंगलबार उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए।