Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको दाबी- निष्पक्ष निर्वाचन भए नेकपाले ६० सिट जित्छ

प्रचण्डको दाबी- निष्पक्ष निर्वाचन भए नेकपाले ६० सिट जित्छ

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावमामा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । 

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजिबीहरूसँग कुरा गर्दै उनले निष्पक्ष निर्वाचन भए नेकपाले राम्रो नतिजा ल्याउने बताएका हुन् ।

निर्वाचन तयारी धेरै राम्रो भएको ब्रिफिङ गर्दै प्रचण्डले भने-'निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ । पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन् । कतिपयले रिपोर्ट निकाल्दा अप्रत्याशित रूपमा धेरै आउने भयो पनि भन्ने गरेका छन् । तर ६० प्लस नेपाली कम्युनिस्ट पार्टीले जित्ने आँकलन गरिएको छ ।'

उनले फागुन २१ को निर्वाचनमा नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धा रहेको पनि बताएका छन् ।

१२ वर्षपछि एक्लै चुनावमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई जित्ने सम्भावना भएको क्षेत्रमा समेटेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077