Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन प्रभावित पार्न लेनदेन गरेको भेटिए ५० हजार जरिवाना, एक वर्षसम्म कैद !

निर्वाचन प्रभावित पार्न लेनदेन गरेको भेटिए ५० हजार जरिवाना, एक वर्षसम्म कैद !

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदातालाई मताधिकार प्रयोग गर्न वा नगर्न लोभ देखाउने, उपहार–इनाम दिने वा लिने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएको छ ।

आयोगले यस्तो कार्यलाई कानुनी अपराधको रूपमा परिभाषित गर्दै दोषी ठहर भए ५० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट पारेको छ ।

आयोगका अनुसार मतदातालाई मतदान गर्न वा नगर्न प्रभावित पार्ने उद्देश्यले नगद, जिन्सी, उपहार, पुरस्कार, दानदातव्य वा बकस दिने–लिने कार्य पूर्ण रूपमा निषेधित छ।

मतदान गरे वा नगरे बापत कुनै पनि प्रकारको लाभ लिनु–दिनु निर्वाचन आचारसंहिताविरुद्ध गम्भीर उल्लंघन मानिनेछ।

आयोगले उम्मेदवार वा उनीहरूको प्रतिनिधिले मतदातासँग नगद, उपहार, खानपान वा अन्य कुनै सामानका लागि भोट माग्नु वा दिनु गम्भीर अपराध भएको जनाएको छ।

निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आयोगले निगरानी संयन्त्रलाई कडा बनाइएको जानकारी दिएको छ।

आयोगले मतदातालाई पनि सचेत रहन अपिल गर्दै यस्ता प्रलोभनमा नफस्न अनुरोध गरेको छ। निर्वाचन प्रक्रियामा मतदाता र उम्मेदवार दुवैले कानुनी प्रावधान पालना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने आधार भएको आयोगको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077