Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापा–५ मा तीन गुणा सुरक्षा बढ्यो, प्रत्येक पालिकामा डीएसपी कमान्ड !

झापा–५ मा तीन गुणा सुरक्षा बढ्यो, प्रत्येक पालिकामा डीएसपी कमान्ड !

बुधवार , फाल्गुण १३, २०८२

झापा । झापा क्षेत्र नम्बर–५ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको यस क्षेत्रमा सम्भावित द्वन्द्व र सुरक्षा चुनौतीको मूल्यांकनपछि पाँच डीएसपीसहित दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहे पनि गौरीगन्ज, गौरादह र कमल गाउँपालिकासहित प्रत्येक पालिकामा एकरएक डीएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।

यस क्षेत्रमा केपी शर्मा ओली (नेकपा एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता प्रभावशाली उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सम्भावित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कोसी प्रदेश प्रहरी कार्यालयबाट समेत थप १०० सुरक्षाकर्मी झापा–५ मा तैनाथ गरिएको थियो । पछिल्ला दिनमा पुनः चार डीएसपीसहित ठूलो संख्या थपिएको छ।

झापा प्रहरी प्रमुख एवं एसपी वसुन्धरा खड्काका अनुसार निर्वाचन सुरक्षाका लागि तीन गुणासम्म जनशक्ति बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077