Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको प्रष्टीकरण- विध्वंस मच्चाउने दलसँग गठबन्धन हुँदैन, हुने स्थिति पनि छैन

प्रचण्डको प्रष्टीकरण- विध्वंस मच्चाउने दलसँग गठबन्धन हुँदैन, हुने स्थिति पनि छैन

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । ​नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । 

फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न दलहरूसँग गठबन्धनका कुरा बाहिरिएको भन्दै नेकपाले कुनै दलसँग पनि तालमेल नगर्ने स्पष्ट पारेका हुन् ।

तालमेलका लागि कुनै पनि दलसँग छलफल नभएको भन्दै उनले भने- 'हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ। म आज यो पत्रकार सम्मेलनमा एकचोटी फेरि दोहोर्‍याउन चाहन्छु, हाम्रो कसैसँग गठबन्धन गर्ने बारे छलफल भएको पनि छैन । भदौ २३ गते दुई तिहाइको अहङ्कारले युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने अतिवादी प्रवृत्ति भएको दलसंग तालमेल हुँदैन । हुने स्थिति पनि छैन।'

रुकुम पूर्वबाट उम्मेदवारसमेत रहेका प्रचण्डले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताए।

बागलुङमा जनमोर्चासँग गरेको तालमेल बाहेक अन्यत्र कतै पनि तालमेलको चर्चा समेत पार्टीमा नभएको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077