Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शक्ति बस्नेत र निकोलस भुसाललाई २५ हजार जरिवाना तिराउने आयोगको निर्णय

शक्ति बस्नेत र निकोलस भुसाललाई २५ हजार जरिवाना तिराउने आयोगको निर्णय

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारलाई जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

आयोगको निर्णयअनुसार शक्तिबहादुर बस्नेत र डा. कमल (निकोलस) भुसाल लाई २५/२५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

बस्नेत जाजरकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार छन् भने भुसाल रुपन्देही–२ बाट नेपाल जनसेवा पार्टीका उम्मेदवार हुन्।

आयोग उच्च स्रोतका अनुसार दुवै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि भएपछि स्पष्टीकरण सोधिएको थियो।

तर उनीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएपछि कारबाहीस्वरूप आर्थिक जरिवाना गर्ने निर्णय गरिएको हो।

आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077