Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यकर्तालाई प्रचण्डको गोप्य परिपत्र- मतगणना नहुन्जेल २४ सै घण्टा पहरेदारी गर्नु

कार्यकर्तालाई प्रचण्डको गोप्य परिपत्र- मतगणना नहुन्जेल २४ सै घण्टा पहरेदारी गर्नु

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना कार्यकर्तालाई युद्धस्तरमा चुनावी अभियानमा २४ सै घण्टा खट्न निर्देशन दिएका छन्।

शुक्रबार नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधनका क्रममा उनले निर्वाचन सम्वेदनशीलतालाई मध्य नजर गर्दै पार्टीका तल्लो कमिटीलाई २४ सै घण्टा पहरेदारी गर्न निर्देशन दिएको खुलासा गरेका हुन्।

निर्वाचन निष्पक्ष हुनेमा उत्पन्न संशयबीच प्रचण्ड र सहसंयोजक माधव नेपालले संयुक्त रूपमा पार्टीका तल्लो कमिटीसम्म गोप्य परिपत्र पठाएका छन्।

परिपत्रबारे जानकारी दिँदै प्रचण्डले भने- परिपत्र मतदानसँग मात्रै सम्बन्धित छ। कसरी मतदाताहरूलाई मतदान केन्द्रसम्म सुरक्षित ढङ्गले लैजाने र मतदान गर्न सहज तरिकाले सिकाउने भन्नेदेखि बुथहरूको सुरक्षा र मतपेटिकाको सुरक्षासँग सम्बन्धित छ। उम्मेदवारका प्रतिनिधि र दलका प्रतिनिधिहरू पनि मतपेटिकासँगै रहने र मतगणना नहुने बेलासम्म मतपेटिका नछाड्न कडा निर्देशन छ।

दाहालले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्रै मुलुकको स्वाधीनताको रक्षा र जनहितको पक्षमा काम गर्न सक्ने जिकिर गरे । 

उनले जनताको भरोसा दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै आगामी पाँच दिन घरघरमा पुगेर मतदातालाई सम्झाउन सके नेकपा पहिलो राजनीतिक शक्ति बन्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077