Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वप्रकाश शर्माको प्रस्ताव - फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

विश्वप्रकाश शर्माको प्रस्ताव - फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

शुक्रवार , फाल्गुण १५, २०८२

पोखरा । प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका सम्भावित प्रधानमन्त्रीबीच सार्वजनिक बहस गराउने प्रस्ताव नेपाली कांग्रेसले अघि सारेको छ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन १८ गते (फागु पूर्णिमा) काठमाडौँको खुलामञ्चमा प्रधानमन्त्री घोषणा गरिएका उम्मेदवारहरूबीच खुला बहस गर्न प्रस्ताव गरेका हुन् ।

उनले होलीको अवसरमा सँगै रंग खेल्दै आगामी पाँच वर्षे कार्यकालका एजेन्डाबारे जनतासामु प्रत्यक्ष बहस गर्न आह्वान गरे।

शुक्रबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले भने, 'फागुन १८ गते होली छ। त्यो दिन प्रधानमन्त्रीका उम्मेदवारबीच खुला मञ्चमा सार्वजनिक बहस गरौँ। सँगै होली खेलौँ। यो कांग्रेसको प्रस्ताव हो। अरू दल राजी हुनुहुन्छ ?'

उनले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रतिस्पर्धी दलहरूलाई दुश्मनीको रूपमा नहेर्न आग्रह गरे।

कांग्रेसले निर्वाचनपछि बन्ने संसद्को पाँच वर्षे कार्यकालमा गर्नुपर्ने काम, सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा र स्वास्थ्यका एजेन्डाबारे स्पष्ट धारणा सार्वजनिक बहसमार्फत राख्नुपर्ने तर्क अघि सारेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077