Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फर्स्योट

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फर्स्योट

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष एक हजार ७६ उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्स्योट भएका छन् । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । 

प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झन्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । 

यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।

त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेकोलगायत छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077