Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पाबाट प्रचण्डको उद्घोष- जेनजीले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ

रोल्पाबाट प्रचण्डको उद्घोष- जेनजीले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ

शनिवार , फाल्गुण १६, २०८२

रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अहिले राष्ट्र निकै ठुलो अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

रोल्पाको लिवाङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान, नेपाली जनताले नेपालको बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले चुनौती थपेको बताए।

उनले भने- 'आज राष्ट्रको एकतालाई अक्षुण्ण राख्ने, राष्ट्रिय स्वाधीनतालाई जगेर्ना गर्ने, सुदृढ गर्ने र एउटा नयाँ शक्तिका साथ विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध एउटा नयाँ अभियान चलाउनुपर्ने आवश्यकता यतिबेला पैदा भएको छ।’‘देश अहिले जहाँ छ, हाम्रै संघर्ष, हाम्रै योद्धाहरूको बलिदानका कारण छ ।'

भदौ २३ गते जेनजी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने निरङ्कुश अहङ्कारी र दम्भी प्रवृत्ति एकातिर र अर्कोतिर २४ गते विध्वंस गर्ने विदेशी प्रतिक्रियावादीले राष्ट्रलाई ठुलो संकटमा धकेलेको भन्दै ती दुवै प्रवृत्तिका विरुद्ध आफूहरुले राष्ट्रिय एकताको निम्ति नेकपाको गठन गरेको बताए ।

जेनजी युवाहरूले भनेको जस्तै भ्रष्टाचारविरुद्ध र संविधान परिमार्जन गरेर विकसित गर्ने कुरामा नेकपा प्रतिबद्ध रहेको उनको भनाई छ।

साथै उनले स्वच्छ निष्पक्ष निर्वाचन हुँदा नेकपा पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको दाबी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077