गोरखा । डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ ।
यसअघि गोरखा–२ बाट उम्मेदवारी दिएर पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका बाबुरामले यो बीचमा कसलाई सघाउने भन्ने निधो गरिसकेको थिएनन् ।
तर, आज भने प्रलोपाले गोरखा दुवै क्षेत्रमा कांग्रेसलाई सघाउने निर्णय गरेको गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी गराएका हुन् ।
समानुपातिकतर्फ भने आफ्नै निर्वाचन चिह्न आँखामा मत हाल्ने निर्णय लिएको खत्रीले बताएए ।
यसअघि बाबुरामले आफ्नो दललाई सघाउने भनेर रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटी र नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले विश्वास लिएका थिए । दुवै नेता बाबुरामसँग निरन्तर सम्वादमा पनि थिए ।
प्रलोपाको यो निर्णयप्रति कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ । यसअघि ०७४ को चुनावमा कांग्रेससँग तालमेल गरी भट्टराई गोरखा(२ बाट निर्वाचित भएका थिए ।