Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केपी ओलीको चिन्ता - मिसाइलको धुँवा नेपाल नआओस्

केपी ओलीको चिन्ता - मिसाइलको धुँवा नेपाल नआओस्

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा जारी मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि आवरणमा “मिसाइलको धुँवा” प्रवेश नगरोस् भन्ने कामना गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले मध्यपूर्वका देशमाथि आकाशबाट बर्सिएका मिसाइलका दृश्यले आफूलाई निदाउन नदिएको उल्लेख गरेका छन् ।

उनका अनुसार ती देशहरूमा रहेका लाखौं नेपाली नागरिक आपत् र कोलाहलको परिस्थितिमा छन् भने नेपालमा रहेका उनीहरूका परिवारजन पलपल छट्पटाएर बस्न बाध्य भएका छन्।

'मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृश्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्। तिनका परिवार यहाँ पलपल छट्पटाएर बस्नुपरेको छ,' उनले लेखेका छन्।

अध्यक्ष ओलीले आजको खुला विश्वमा अवसरको खोजीमा संसारभर आवत–जावत स्वाभाविक भएको उल्लेख गर्दै अस्वाभाविक र खतरनाक कुरा युद्ध र भूराजनीतिक चपेटा भएको बताएका छन्। शक्तिराष्ट्रहरूको स्वार्थका कारण निर्दोष नागरिकहरू पीडित बन्नु परेको उनको टिप्पणी छ।

उनले नेपालले अहिलेसम्म सौभाग्यवश युद्धको प्रत्यक्ष असर भोग्नु नपरेको स्मरण गराउँदै देशलाई शान्ति, सजगता र धैर्यका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

'कुनै पनि आवरणमा त्यो धुँवा नेपाल आउन नसकोस्। आज तपाईंहरूलाई छटपटी भइरहँदा म निदाउन सकिनँ। बेचैन छु,' उनले लेखेका छन्।

अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा सबै नागरिकलाई सजग र धैर्यवान रहन आह्वान गर्दै विवेक, धैर्य र साहसको कामना गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077