Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई सघाउने

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई सघाउने

आइतवार , फाल्गुण १७, २०८२

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसलाई सघाउने भएको छ ।

राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेको भन्दै रुपन्देही–२ बाट कांग्रेस उम्मेदवार रहेका चुन्नप्रसाद पौडेललाई मतदान गर्ने निर्णय गरेको हो । 

उक्त क्षेत्रमा राप्रपाले आफ्नो उम्मेदवार नउठाएकाले कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

'अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भए पनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौँ,' थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ। 

राप्रपाले २०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ  ५ हजार ६ सय मत प्राप्त गरेको थियो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गरेपछि चुनावी माहोल रोचक बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077