Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली भन्छन्- जनताले देश बचाउने र जलाउनेलाई चिनिसके, विकास गर्नेलाई रोज्छन्

ओली भन्छन्- जनताले देश बचाउने र जलाउनेलाई चिनिसके, विकास गर्नेलाई रोज्छन्

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले देश जलाउने शक्तिहरूलाई चिनिसकेको दाबी गरेका छन् । 

झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेकोले अब भ्रममा नपर्ने बताएका हुन् ।  

उनले विकास गर्ने र विनाश गर्ने शक्तिबिचको फरक जनताले बुझिसकेको उल्लेख गरे  । 

उनले भने- 'कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ । जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ ।'

अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताए । 

ओलीले देश बचाउने र विकास गर्ने शक्तिलाई अत्यधिक मतले जिताउन समेत आग्रह गरे  । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077