Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतपेटिका कुनै हालतमा साटिँदैन, निराधार हल्लाको पछि नलागौँ: निर्वाचन आयोग

मतपेटिका कुनै हालतमा साटिँदैन, निराधार हल्लाको पछि नलागौँ: निर्वाचन आयोग

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् ।

बुधवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताएका हुन् ।

भण्डारीले भने- 'कतिपय ठाउँमा हेलिकोप्टरमा मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे भन्ने सुनेको छु, त्यो किञ्चित होइन, कुनै हालतमा हुँदैन । मतगणना गर्ने बेलामा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठिक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना सुरु हुन्छ ।'

मतदान सम्पन्न भएपछि परम्परागत रूपमै मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरीको सुरक्षा घेराभित्र मतपेटिका राखिने उनले बताए । 

साथै दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077