Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुरक्षाकर्मीले कसरी हाल्छन् भोट ?

सुरक्षाकर्मीले कसरी हाल्छन् भोट ?

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्ने विशेष व्यवस्था गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ मात्रै मतदान गर्ने अस्थायी मतदातालाई लक्षित गरी देशभर १४३ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। “समानुपातिकमा मात्रै मतदान गर्ने मतदातालाई लक्षित गरेर अस्थायी मतदान केन्द्र तोकिएका छन्, उनीहरूले त्यहाँ पुगेर मतदान गर्छन्,” उनले बताए।

यसपटक करिब १ लाख ८६ हजार अस्थायी मतदाता रहेका छन् । तीमध्ये ठूलो हिस्सा निर्वाचन सुरक्षामा खटिने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू हुन् ।

नेपालमा हाल करिब ९५ हजार नेपाली सेना, ३५ हजार सशस्त्र प्रहरी र ८० हजार नेपाल प्रहरी कार्यरत छन् । यद्यपि ती सबैले मतदान गर्न पाउने भने निश्चित छैन । अस्थायी मतदाता नामावलीमा नाम दर्ता नगरेका सुरक्षाकर्मी तथा कर्मचारीले यसपटक मतदानमा सहभागी हुन नपाउने आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077