Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीले सम्झिए आजको दिन पुनर्जीवन पाएका दुई संयोग

केपी ओलीले सम्झिए आजको दिन पुनर्जीवन पाएका दुई संयोग

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन आफ्ना लागि दुई संयोग परेको बताएका छन्।

बिहीबार सामाजिक संजाल फेसबुकमार्फत लेख्दै ओलीले आज सुखानी शहीद दिवस र दोस्रोपटक आफ्नो मृगौला प्रत्यारोपणको संयोग परेको उल्लेख गरेका हुन्।

ओलीले यी दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने बताएका छन् ।

'आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,' ओलीले लेखेका छन् ।

आजकै दिन झापा आन्दोलनबाट निरंकुश व्यवस्थाको विरुद्ध विद्रोहको बिगुल फुकेको ओलीले सम्झेका छन् ।

‘त्यही क्रममा हामीलाई जेल हालिएको थियो । झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो,’ ओलीले लेखेका छन् ।

झापा आन्दोलनमा सहभागी भएकालाई एउटै जेलमा राखिएको र जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पञ्चायती प्रशासनले हत्या गरेको उल्लेख गरेका छन् । 

झापा आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका ओलीले फागुन २१ कहिल्यै नबिर्सिने दिन भनेका छन् । उनको यी दुई घटनालाई सम्झिँदै ‘मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन’ भनेका हुन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077