Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मोरङ–४ मा रास्वपाका राजवंशी धेरै अगाडि, कांग्रेस महामन्त्री घिमिरे पछाडि

मोरङ–४ मा रास्वपाका राजवंशी धेरै अगाडि, कांग्रेस महामन्त्री घिमिरे पछाडि

शुक्रवार , फाल्गुण २२, २०८२

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा मोरङ क्षेत्र नम्बर–४ मा रास्वपाका उमेदवारको अग्रता कायमै छ ।

रास्वपाका सन्तोष राजवंशी अरू उम्मेदवारभन्दा निकै अगाडि छन् ।

कटहरी गाउँपालिका–१, २ र ३ को मतगणना सकिँदा उनले पाँच हजार ६३६ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे दोस्रो स्थानमा छन् । उनले ९५३ मत प्राप्त गरेका छन् ।

नेकपाका उमेदवार अमनलाल मोदीले ९१९, एमालेका जीवन घिमिरेले ५८६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077