Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झापा जाँदै बालेन साह

झापा जाँदै बालेन साह

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ झापा जान लागेका छन् ।

त्रिभुवन विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन् ।

हिजो पनि झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका उम्मेदवार समेत रहेका बालेन काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा मतदान गरेपछि बिहान करिब साढे ९ बजे झापातर्फ लागेका थिए ।

काठमाडौंबाट उडेको हेली एभरेस्ट को  ढल्–ब्इद्य कलसाइन भएको हेलिकोप्टर 
मौसमको खराबीका कारण ल्याण्ड हुन नसकेर निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको थियो ।

त्यसअघि चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेका बालेन काठमाडौंबाट झापाका लागि कुनै नियमित हवाई उडान नरहेकाले हेलिकोप्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो। 

बालेन आज भने नियमित उडानमार्फत जान लागेका हुन् ।

यसैबीच प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा झापा–५ मा बालेनले उल्लेख्य अग्रता बनाएका छन्।

हालसम्मको मतपरिणामअनुसार बालेनले २८७८ मत प्राप्त गरेका छन् भने उक्त क्षेत्रबाट निरन्तर जित्दै आएका एमालेका उम्मेदवार केपी शर्मा ओलीले ११३० मत मात्रै पाएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077