Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा बालेनको 'रोड शो', स्वागत गर्न उर्लियो जनसागर

झापामा बालेनको 'रोड शो', स्वागत गर्न उर्लियो जनसागर

आइतवार , फाल्गुण १७, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आसन्न निर्वाचनको पूर्वसन्ध्यामा झापा आइपुगेका छन्।

रास्वपाबाट झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेनले आज शक्ति प्रदर्शनसहित ‘रोड शो’ गर्न झापा पुगेका हुन् ।

आज बिहान १०:०० बजे चन्द्रगढी एयरपोर्ट ओर्लिएलगत्तै बालेनले झापाका विभिन्न स्थानहरूमा मतदाताहरूसँग साक्षात्कार गर्दै चुनावी र्‍यालीको नेतृत्व गरेका छन्।

बिहानैदेखि विभिन्न चोकहरूमा बालेनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको छ।

स्रोतका अनुसार सुरुवात चन्द्रगढी एयरपोर्टबाट सुरु भएको रोड शो काँकरभिट्टा, बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदर्शी, पृथ्वीनगर, शर्णामती, झापा गाउँपालिका र सुरुङा बजार हुँदै दमकमा पुगेर कार्यक्रम समापन हुनेछ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077