Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैतडीमा पनि रास्वपाका हरिमोहन भण्डारी शुरुवाती अग्रतामा, चतुरबहादुर चन्द दोस्रो

बैतडीमा पनि रास्वपाका हरिमोहन भण्डारी शुरुवाती अग्रतामा, चतुरबहादुर चन्द दोस्रो

शुक्रवार , फाल्गुण २२, २०८२

बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले शुरुवाती अग्रता लिएका छन् । 

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १०२५ मत गणना हुँदा भण्डारी ३६८ मतले अगाडी छन् । 

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले २५८ मतसहित उनलाई पछ्याइरहेका छन् ।

यस्तै एमालेका दामोदर भण्डारीले १८७ मत ल्याएका छन् भने नेकपाका परमानन्द भट्टले ११४ मत ल्याएका छन् । 

त्यसैगरी राप्रपाका भुपेनबहादुर चन्दले १० मत ल्याएका छन् । 

१ हजार २५ मत गणना हुँदा ७५ मत बदर भएको छ ।  जिल्लाभरीमा कुल ७३ हजार १४८ मत खसेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077